काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘बी’को पाँचौ खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाइ ८ विकेटले पराजित गरेको छ।
मैदान भिजेका कारण आधा घण्टा सुरु भएको खेलमा सुदुरले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि सुदुर २२ ओभरमा ५० रन जोड्दै अलआउट भएको थियो। सुदुरका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका बसन्त खत्रीले सर्वाधिक २० रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको सुदुरको पारीमा ५ खेलाडीले खाता खोलेका थिएनन्।
५१ रनको लक्ष्य पछ्याउन उत्रिएको आर्मीले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै सातौं ओभरमै जित हासिल गर्यो। आर्मीका लागि ओपनर द्वय सागर पुन र अनिल मण्डल समान १० र १० रन जोड्दै आउट भएका थिए। कप्तान बिनोद भण्डारीले १५ बलमा ४ चौकाको मद्दतले २१ रन जोड्दै टोलीलाई जितसम्म डोर्याएका थिए।
जितेन्द्र मुखिया खेलको म्यान अफ द म्याच घोषित भए। यस जितसँगै ४ अंक बोकेको त्रिभुवन आर्मी क्लब समूहको अर्को टोली नेपाल पुलिस क्लबसँगै सेमिफाइनलमा प्रवेश गरेको छ। समान १र१ अंक बोकेका सुदुर र पूर्व प्रतियोगिताबाट बाहिरिएका छन्।