राजपाले देउवासामू राखे तीनबुँदे सर्त

7

काठमाडौ जेठ १३–नेपाली काँग्रेसले मधेशी दल राष्ट्रिय जनता पार्टी (राजपा)नेपाललाई चुनावमा सहभागि हुन आग्रह गरेको छ । राजपा चुनावमा सहभागि भए जेठ ३१ गते हुने दोस्रो तहको चुनाव सार्नपनि कांग्रेस सकारात्मक भएको बताइएको छ । कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले राजपा सहभागी भए ऐन संशोधन र निर्वाचन मिति सार्न सकिने बताएको जानकारी दिए । राजपाको मागहरुबारे बैठकमा छलफल भएपछि बहुमत नपुग्ने भएकोले तत्काल संविधान संशोधन भने हुन नसक्ने प्रस्ट पारिएको छ । उनका अनुसार आजै साँझ प्रमुख प्रतिपक्षी लगायतको बैठक बसेर राजपाको मागबारे फेरि सहमतिको प्रयास गरिने छ । तर राजपा नेपालका नेताहरुले भने आश्वासन धेरैपटक पाएको तर अझैसम्म केही प्राप्त नभएकाले माग पूरा गर्नुपर्नेमै जोड दिएको बताए । राजपा नेपालका अध्यक्ष राजेन्द्र महतोले चुनावमा जान आफूहरु तयार रहेको तर त्यसको लागि सरकारले वतावरण बनाउनुपर्ने बताए । सविधान संशोधन, मुद्दा फिर्ता, पार्टी दर्ता, चुनाव चिन्ह प्राप्ति, जनसंख्याको आधारमा स्थानीय तहको सँंख्या थप्नुपर्नेलगायतका माग पूरा भए आफूहरु चुनावमा भाग लिने उनले बताए । तस्बिर सौजन्य : युपी लामिछाने ।