सम्बन्ध विच्छेदको हक

174

सम्वन्ध विच्छेद स्वतन्त्र जीवन या पुनर्विवाहकालागि हुन्छ । सम्बन्ध विच्छेदपछि पुरूष जीवन तुरून्त पुनर्विवाहमा परिणत हुन्छ । तर, अधिकांश सम्बन्ध विच्छेद गरेका महिलाहरूले पुनर्विवाहित सोंच नबनाएर एक्लो जीवन बिताएका हुन्छन् । एकाध महिलाहरूले भने पुनर्विवाह गरेर सुखीमय जिन्दगी विताएको पाइन्छ भने कतै झनै कष्टपूर्ण जीवन पनि पाइन्छ । विवाह गर्नु नगर्नु इच्छामा भर परे झै सम्बन्ध विच्छेद पनि महिला अधिकार हो ।

विवाह सम्बन्धी धारणा छोरीको उमेर १५, १६ वर्ष पुगेपछि अझै पनि बाबु आमाको इच्छाअनुसार विवाह गर्ने संस्कृति अन्धविश्वासी र अशिक्षित समाजमा विद्यमान छ । तर आधुनिक र वैज्ञानिक समाजमा ुपाले पुण्य मारे पापु भनेर कन्यादान गर्ने संस्कृति फेरिएको छ । सभ्य र सुसंस्कृत समाजमा कानुनत: विवाह गर्ने उमेर पुगेकी छोरीले प्रेम विवाह गर्न सक्छे, इच्छ्याएको विवाह गर्ने उमेर पुगेको पुरूषसूग मागि विवाह पनि गर्न सक्छे । कानुनत: विवाहको उमेर २० वर्ष पुगेको छ । वैवाहिक जीवन सामाजिक र कानुनी रूपमा बाूधिएको हुन्छ । कानुनी रूपमा सम्बन्ध विच्छेद गर्न पाउनु कानुनी व्यवस्था रहेको छ । अदालतबाटै सम्बन्ध विच्छेद गरेकी महिलाले आफ्नो अधिकारको पूर्ण अंश लिएर सम्बन्ध विच्छेद गर्न सक्छे । न सम्बन्ध विच्छेद न मिठो वैवाहिक जीवन यस्तो अवस्थामा रहेका महिलाहरू अंश लिएर छुट्टै बस्न बाध्य भएका हुन्छन् । दाम्पत्य जीवन भनेको श्रीमान्, श्रीमतीमा दोहोरो माया हुनुपर्छ । एक अर्थमा एकता, समझदारीता र प्रेम हुनुपर्छ । श्रीमान्, श्रीमती हुन्, तर प्रेम छैन भने समाजलाई श्रीमान्, श्रीमतीको पहिचान दिनु भन्दा सम्बन्ध विच्छेद नै गर्नुपर्छ ।
अहिलेको आधुनिक युगमा श्रीमान श्रीमति बीच सानो–तिनो विवादले सम्बन्ध बिच्छेद गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण छ । सानो–तिनो कुरोले गर्दा सम्बन्ध बिच्छेद हुदै आएको कयौ घटनाले देखाउछ । जबसम्म श्रीमान श्रीमतिले एक अर्कालाई सम्झेर एक अर्काको भावना बुझेर दाम्पत्य जीवन बिताउन तिर लाग्दैन तबसम्म सम्बन्ध बिच्छेदको घटना बढ्ने नै छ ।

https://ankushdaily.com/