बीरगंज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै मधेशवादी दललाई एउटै चुनाव चिन्हबाट चुनाव लडन आह्वान गर्नु भएको छ । उहाँले मधेस विरोधी शक्तिलाई पराजित गर्न सबै मधेसवादी शक्ति एक हुन आवश्यक रहेकाले यो वा त्यो बहानामा निर्वाचन वहिस्कार गर्नुको सट्टा मशाल छाप मुनी गोलबन्द भई पुरै मधेसमा निर्वाचन लडन आह्वान गर्नु भएको हो ।
संघीय समाजवादी फोरम नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्थानिय तह निर्वाचनमा सहभागि भई मधेसलाई विकसित बनाउने अभियानमा सहभागि हुन मधेसवादी दलहरुलाई आग्रह गर्नुभयो ।
उहाँले सरकारमा छदा मधेसीको टाउको र छातिमा गोली हान्ने दललाई वैलेटबाट जवाब दिने वेला आएको बताउनु भएको छ । वैलेडको शक्तिले ठुला भन्दा ठुला तनाशाहहरको पतन भएको इतिहास रहेकाले मधेसीलाई गोली ठाकन लगाउने काँग्रेस एमाले,माओवादी केन्द्रलाई अब वैलेटको शक्तिले मधेसबाट सिधियाउने बेलाएको अध्यक्ष यादवले बताउनु भयो ।
कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दीले स्थानिय तह निर्वाचनमा फोरम नेपाल सहभागि भई मधेस मुुद्दाबाट पछि नहटेको प्रस्ट पार्नुभयो । उहाँले मधेस आन्दोलनको स्वरुपलाई रुपान्तिरित गर्दै स्थानिय तहमा आफनो पकट मजबुत पार्दै संर्घषलाई अगाडी बढाएको दावी गर्नुभयो ।
कार्यक्रमा एमाले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेको एमाले पार्टीका केन्द्रिय सदस्य प्रहलाद गिरीले मधेसी विरोधी अभिव्यक्तिका कारण मधेसमा एमालेका कार्यकर्ता सिर निहुराएर बस्नु पर्ने बाध्यात्मक अवस्था रहेको र आफु त्यसो गर्न तयार नभएकाले पार्टी परित्याग गरेको बताउनु भयो । फोरम पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी फोरममा प्रवेश गरेकाहरुलाई अध्यक्ष उपेन्द्र यादवले फूलको माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो । अंकुश दैनिकमा समाचार छ ।