भर्सालिज (फ्रान्स), १५ जेठ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई सोमबार प्राचीन भर्सालिज प्यालेसमा सोमबार स्वागत गर्नुभएको छ ।
दुई नेताबीच राष्ट्र प्रमुखका हैसियतमा सम्भवत प्रत्यक्ष भेटवार्ता भएको यो पहिलो अवसर हो ।
युक्रेन र सिरियालगायतका मुलुकहरुलाई हेर्ने फरक फरक धारणा रहे पनि दुई नेताले भेटपछि संयुक्त पत्रकार सम्मेलन गरी वार्तामा भएका छलफलबारे सञ्चारमाध्यमलाई जानकारी गराउनु हुनेछ ।
सन् १७१७ मा रसियाली जार पिटरका समयमा भएको कूटनीतिक सम्बन्ध स्थापनाको ३०० औँ वर्षगाँठका अवसरमा आयोजना हुने एक प्रदर्शनीमा सहभागी हुने क्रममा फ्रान्स पुगेका पुटिनसँग नव नियुक्त फ्रान्सेली राष्ट्रपति म्याक्रोँको भेट भएको हो ।
पुटिनको भ्रमण दुई देशवीच लामो समयदेखि उहाँको पश्चिमा मुलुक र फ्रान्सवीच रहेको दूरीलाई कम गर्ने अवसर भएको बताइएको छ । रासस