कुन्दुज (अफगानिस्तान), १६ जेठ । अफगानिस्तानको कुन्दुज प्रदेशमा मङगलबार तालीवानी लडाकूका एक जना कमाण्डरसहित सात जना मारिएका छन् ।
गुप्तचर निकायले दिएको सूचनाका आधारमा मुल्लाह क्वाली क्षेत्रका आज विहानै सुरक्षा फौजले तालिवानीलाई लक्षित गरी हवाई आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सोहीे क्रममा सात जना विद्रोहीको घटनास्थलमै मत्यु भएको छ र मृत्यु हुनेमा कुख्यात कमाण्डर मुल्लाह इस्माएलसमेत रहेको जिल्ला गभर्नर नसुरुद्धिन नाजारीले सिन्ह्वालाई बताउनुभयो ।
महत्वपूर्ण कमाण्डरका रुपमा चिनाइएका मुल्लाहले डास्ट ए अर्ची र छिमेकी जिल्ला चार्दारा, इमाम साहिब र अन्य सँगैका ठाउँमा तालिवानी लडाकूहरुको नेतृत्व गर्दै आएका थए ।
अफगानिस्तानमा तालीवानी लडाकूहरु विरुद्ध अमेरिकी सेनाको हवाई आक्रमण प्रायःजसो हुने गरेको पाइन्छ । रासस