भरतपुरमा च्यातिएको मतपत्रको संख्या ९०

2

चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। मत गणनाको क्रममा मतपत्र च्यातिएपछि सुरु भएको विवाद सुल्ट्याउन च्यातिएको मतपत्रको संख्या पहिचान गरिएको हो।  निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले उम्मेद्वार, दलका नेताहरु र उनीहरुका प्रतिनिधिहरुलाई राखेर बिहीबार मतपत्रको के अवस्था छ भन्ने निक्र्यौल गरेका हुन्।

वडा नं. १९ मा दुई हजार ८९७ मत खसेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए। जसमध्ये एक हजार ८०९ मतपत्र गनेर नतिजा पनि घोषणा भएको थियो। ती मतपत्रहरु अलग्गै सुरक्षित थिए। गन्ने क्रममा रहेका र गन्न बाँकी गरेर कुल एक हजार ८८ मतमध्ये ९९८ मत मात्रै सही अवस्थामा रहेको न्यौपानलेले जानकारी दिए।मतपत्र गन्न मिल्ने र नमिल्ने भन्दा पनि नोक्सान भएका मतपत्र कति छन् भनेर आयोगले सोधेको हुनाले सोही अनुसारको रिपोर्टिङ केन्द्रमा गरिने न्यौपानेले बताए ।