एजेन्सी– इङ्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज न्यूजिल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । न्यूजिल्यान्डको टोलीमा टिम साउथी तथा ट्रेन्ट बल्ट जस्ता बलर छन् । इङ्ल्यान्डमा राम्रो प्रदर्शन गरेका यनी दुई बल टोलीका लागि सधै महत्वपूर्ण खेलाडी रहँदै आएका छन् ।
अर्को तिर अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर सहितको बलियो ब्याटिङ लाइनअपमा क्रिस लिन पनि खेल्ने सम्भावना छ । लिनले कोलकाता नाइटराइडर्सबाट भारतीय क्रिकेट लिग (आइपिएल) मा उच्च प्रदर्शन गरेकै कारण उनले मौका पाउने सम्भावना बलियो देखिएको हो । यसपटक अस्ट्रेलिया विजयका साथ जितको सुरुआत गर्ने लक्ष्यका साथ उत्रने तयारीमा छ ।