ट्रकको ठक्करले मोटरसाईकलमा सवार दुई जना घाइेते

16

बीरगंज, १८ जेष्ठ ।  बिरगंजको घण्टाघर स्थीत रहेको टांगा स्टेन नजिक ना.४ खा. ४४९८ नम्बर को ट्रकले ना.३२ प.२४२३ नम्बरको मोटरसाईकल लाई ठक्कर दिंदा मोटरसाईकलका चालक र सवार ब्यक्ति सिकिस्त घाईते भएका छन् । घाईते मोटरसाईकलका चालक बिरगंज वार्ड नम्बर २ निवासी सकलेन अख्तर, र सवार बिरगंज वार्ड नम्बर १८ निवासी महम्मद मखबुल, को उपचार नारायणी उप क्षेत्रीय अस्पताल मा भई रहेको छ ।
ट्रक चालक मिलन थपलिया र ट्रक लाई जिल्ला प्रहरी कार्यालय पर्साले आफनो नियन्त्रणमा लिएको छ ।