भारत विरुद्ध अन्तिम २० खेलाडीको नाम घोषणा

7

काठमाडौं : भारत विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। चोटका कारण फिलिपिन्स नगएका फरवार्ड नवयुग श्रेष्ठ पनि टोलीमा समावेश छन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, रबिन श्रेष्ठ र रंजित धिमालको स्थानमा ४ नयाँ खेलाडीलाई स्थान दिएका छन्।  डिफेन्डर बिमल बस्नेत र मिडफिल्डर हेमन्त थापा मगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्। नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ। नेपाल र भारत बीचको खेल मुम्बड्ढस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।

गोलरक्षक:
१)किरण कुमार लिम्बु
२)बिकेश कुथु
३)बिशाल श्रेष्ठ

डिफेन्डर:
४) बिराज महर्जन
५) बिमल बस्नेत
६) जितेन्द्र कार्की
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) आदित्य चौधरी
१०) अनन्त तामाङ 

मिडफिल्डरः
११) सुजल श्रेष्ठ
१२) हेमन गुरुङ
१३)  हेमन्त थापा मगर
१४) अञ्जन बिष्ट
१५) रोहित चन्द
१६) सुमन लामा
१७) बिशाल राई

फरर्वाड:-
१८) बिमल घर्ति मगर
१९) नवयुग श्रेष्ठ
२०) भरत खवास

मुख्य प्रशिक्षक : ग्योतोकु कोजी