काबुल (अफगानिस्तान), २० जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी विस्फोट गराइएको अफगानी गृहमन्त्रालयले जनाएको छ ।
विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले एएफपीसँग बताउनुभयो ।
घटनामा कैयौँ नागरिक घाइते भएका खबरहरु प्राप्त भएका स्थानीय समाचार माध्यमले जनाएका छन् । हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञहरुको आवासस्थानलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए ।
आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधनलाई स्थानीय जान्बाक स्क्वायरमा बिस्फोट गराइएको थियो । उक्त विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएका थिए । रासस÷एएफपी