एजेन्सी – रियल मड्रिड र युभेन्टस बिच आज फाइनल खेल हुँदै छ । आज राति नेपाली समय अनुसार १२:३० मा सुरु हुने खेल मा रियल र युभेन्यस बिच प्रतिस्पर्धा हुदै छ ।
रियल स्पेनिस ला लिगा च्याम्पियन हो भने युभेन्टस इटालीको सिरिय A लिगको बिजेता हो । यी दुई क्लब बीच को खेल निकै रोमान्चित बन्ने छ । युभेन्टसले हालसम्म ६ पटक च्याम्पियन्स लिगको फाइनलमा पराजय भोगेको छ, जुन प्रतियोगिताको इतिहासमा सर्वाधिक हो।