सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

23

दमासकस, जेठ २० । सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट (आइएस)का लडाकु मारिएका छन् ।

यीनीहरु सबै जना पुर्वी राज्य डेइर अल जोउरमा मारिएको स्थानीय टेलिभिजनले शनिबार जनाएको छ ।

डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा अन्य तरिकाबाट आक्रमण गरेको संबाददाताले जनाएका छन् । सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्की पनि नष्ट गरिदिएको छ । रासस