मिशन नेपालद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन

8

वीरगंज, २३ जेष्ठ ।  मिशन नेपालद्वारा निजी विद्यालयहरुको बालबालिकाहरुको हकहितको लागि म·लबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा विभिन्न ठाउबाट बिस्थापित भएका थोत्रा गाडीहरुलाई डेन्टि· पेन्टि· गरी संचलनमा ल्याउदा विद्यालयहरुको बस दुर्घटना हुने गरेको र बसमा कोचाकोच गरी बालबालिकाहरुलाई ल्याउदा बालबालिकालाई अप्ठ्यारो हुने गरेकोले सो कार्यलाई सुधार गर्न माग गरिएको छ । त्यसैगरी विद्यालय बस चालकको लापरवाही, मादक पदार्थ सेवन गरी कतिपय अवस्थामा बिना लाईसेन्स बस चलाइएको पाइएकोमा यस तर्फ सुधार गर्नु पर्ने माग गरिएको छ ।
मिशन नेपालले निजी तथा सरकारी विद्यालयहरुमा हुने अनियमितता भ्रष्टाचार समेतको बारेमा तत्काल सुधार अनुगमन र कारवाही गर्नु पर्ने विज्ञप्ति मार्फत माग गरिएको छ ।
सोही विषयलाई जिल्ला प्रशासनबाट कारवाही हुदा आजै जिल्ला शिक्षा कार्यालय पर्साले यहाका सम्पूर्ण विद्यालयहरुलाई परिपत्र गरी यी विषयहरुमा सुधार गर्न निर्देशन दिएको छ । यदि विद्यालयहरुले यी विषयहरुमा सुधार नगरेमा कडा भन्दा कडा कारवाही गर्ने व्यवहोराको परिपत्र जारी गरेको छ ।