सुशील कोइराला फाउन्डेसनद्वारा प्रम देउवालाई बधाई

5

काठमाडौँ, २४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदबाट प्रधानमन्त्री चुनिनु भएकामा सुशील कोइराला मेमोरियल फाउन्डेसन परिवारले उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
फाउन्डेसनले आज एक विज्ञप्ति जारी गरी नेपालको राजनीतिमा ठूल्ठूला परिवर्तनको नेतृत्व गर्दै सधैं ऐतिहासिक योगदान गरेको पार्टीका सभापति देउवालाई देशका सामु विद्यमान गम्भीर चुनौतीहरुको सामना, सम्बोधन र समाधान गर्न आशातीत सफलता मिलोस् भन्ने कामना गरेको छ ।
उहाँको सफलताले देशमा शान्ति र स्थायित्व बहाली हुने र देश समृद्धितर्फ अग्रसर हुने विश्वास पनि फाउन्डेसन व्यक्त गरेको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका साथै क्रमशः प्रदेश एवं सङ्घीय निर्वाचन सम्पन्न गर्ने यो सरकारसामु रहेको सुखद अवसरले हालको राजनीतिक सङ्क्रमणलाई पूर्णविराम दिने र समतामूलक समृद्ध समाज निर्माणको नयाँ यात्राका लागि दिशानिर्देश गर्ने विश्वाससहित फाउन्डेसन नयाँ सरकारप्रति शुभकामना व्यक्त गरेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्नेलगायतका महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका र सहज रुपमा सत्ता हस्तान्तरण गर्नुभएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँलाई सहयोग पु¥याउनेहरुप्रति पनि फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ । रासस