वीरगंज, २४ जेष्ठ । प्रेस चौतारी पर्साका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारीलाई दुव्र्यवहार गर्नेहरुलाई कडा कारवाहीको लागि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष आज नेपाल पत्रकार महासंघ पर्साले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको पत्रकारहरुको एक टोलीले महासंघका उपाध्यक्ष तिवारीलाई दुव्र्यवहार गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गर्न माग गरेको हो । उक्त अवसरमा उपाध्यक्ष तिवारी, मायामितु न्युपाने, सचिव युवराज खडका, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, पत्रकारहरु दिपेन्द्र चौहान, शेखर छतकुली, लालबाबु शेख, उदय दास, निहाल खान, किशोर सिंह लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।