फरार अभियुक्त पक्राउ, अवैध मदिरा नष्ट

1

बीरगंज, २४ जेष्ठ ।  सात वर्षकी बालिकालाई अपहरण तथा शरिर बन्धक मुद्दामा फरार रहेका श्री शम्भु पंडित र शिवराज साह तेलीलाई जिल्ला प्रशरी कार्यालय पर्साले खटाएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।
पंडित र तेलीलाई साविक गाविस मुडली वार्ड नं. ४ हाल पोखरिया नगरपालिका वडा नं. ३ स्थित निजहरुको आफ्नै घरबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । उनीहरुलाई आवश्यक अनुसन्धानको लागि सोध पुछ भइरहेको र थप अनुसन्धानको लागि नियन्त्रणमा राखिएको प्रवक्ता जोशीले अंकुशलाई बताउनु भयो ।
यसैगरी बहुदरामाई गाउ“पालिका वडा नं. २ बिश्रामपुर स्थित अवैध रुपमा संचालन गरेको भट्ठीबाट मदिरा र मदिरा बनाउने कच्चापदार्थ, चुलो र भाडा बहुअर्वा भाठ्ठाका प्रहरी हवल्दार ब्रिजकिशोर यादवको कमाण्डमा खटिएको नौ जना प्रहरीको टोलीले सो समान नष्ट गरेको जनाइएको छ ।