वीरगंज ।
राजपाका सांसद रमेश कुर्मीले संसदीय कोषबाट कुर्मी सशक्तिकरण मञ्चलाई तीन थान कम्प्युटर वितरण गरेका छन ।
होटल सम्झनामा आयोजित मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन विना मधेशमा चुनाव हुन नसक्ने सांसद कुर्मीले जिकिर गर्नुभयो । कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष संतोष पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचिव शिव पटेल, रामरुप कुर्मी, धमेन्द्र पटेल, विशेश्वर पटेल लगायतको उपस्थिति रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।