चीनमा प्राकृतिक प्रकोपबाट ४१ को मृत्यु

22

बेइजिङ, २९ जेठ । चीनमा गत मे महिनामा विभिन्न प्राकृतिक प्रकोपमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालय र प्रकोप न्यूनीकरण राष्ट्रिय निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्ता प्रकोपको कारण उक्त समयावधिमा ४६ हजार व्यक्ति विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सो प्रकापको कारण ९ हजार घर भत्किनुको साथै अन्य एक लाख आठ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छ । करिब १७ लाख ४० हजार हेक्टरमा लगाइएको बालीनाली प्रभावित भएको र ५१ हजार आठ सय हेक्टर खेतीयोग्य जमिन क्षतिग्रस्त भएको जनाइएको छ ।

यस प्रकोपको कारण मे महिनमा ८.८७ अर्ब युआन बराबरको रकम नोक्सान भएको जनाइएको छ । रासस÷सिन्ह्वा

https://ankushdaily.com/