वीरगंज, २८ जेठ । राष्ट्रीय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेसंगै आन्दोलन परिचालन समिति गठन तिब्र पारेको छ । यसै क्रममा राजपाले वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्तामा आन्दोलन परिचालन समिती गठन गरेको छ ।
राजपाले रतन साह कानुको संयोजकत्वमा ५१ सदस्यीय समिती गठन गरेको हो । समितीको सह–संयोजकहरुमा रिजिवी खालिद,मकसुद सिदिकी,सचिवमा सोनु तिवारी,सह–सचीव सन्दीप गुप्ता,कोषाध्यक्ष कुदरत रहिम(मुना) सदस्यहरुमा सुदिप बनर्जी,मोहसिन अन्सारी,नौसाद अन्सारी लगायत रहेका छन् ।
नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा बसेको भेलालाई सम्बोधन गर्दै नेता सुरेन्द्र कुर्मीले निर्वाचन बहिस्कार अभियान नव गठित समितीलाई निर्देशन दिनुभएको थियो । भेलामा पार्टीका केन्द्रिय सदस्य रमेश गुप्ता, सालिकराम साह,नगर उपाध्यक्ष सुरेश साह कानु,कोषाध्यक्ष पन्नालाल पटेल लगायतका उपस्थिति रहेको जनाइएको छ ।