वीरगंज,२८ जेष्ठ । राष्टिूय जनता पार्टी नेपालका महामन्त्री विमल प्रसाद श्रीवास्तवले बर्तमान सरकारसंग भएको ३ बु“दे सहमती कार्यानवयन भए मात्र राजपा निर्वाचनमा सहभागि हुने बताउनु भएको छ । वहाले पर्साको पकहा मैनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै शेरबहादुर देउवा सरकारले सरकार गठनको बेला राजपासंग गरेको सहमति पालना गर्न ईमान्दार नरहेको कारण संविधान संसोधन हुन नसकेको बताउदै १४ मा दोस्रो चरणको निर्वाचन हुन नसक्ने दावी गर्नुभयो । महामंत्री श्रीवास्तवले संविधान संसोधन विना स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुनै नसक्ने दावी पनि गर्नुभएको छ । त्यसै गरी पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै राजपाका नेता सांसद रमेश कुर्मीले राजपाको सहमती विना मधेशमा हुन नसक्ने दावी गर्दै मधेशी जनताको सहमति चुनाव गराउने सरकारको दिवा सपना मात्र भएको बताउनुभयो । पकहा मैनपुर गाउपालिका वडा नं.२ मधुवनीमा भएको पार्टी प्रवेश कार्यक्रममा उपेन्द्र सहनीको नेतृत्वमा २ सय ५० जनाले राजपामा प्रवेश गरेको जनाइएको छ ।
पार्टी प्रवेश गर्नेहरुमा सोनालाल सहनी,दरोगालाल महतो कोइरी,जंगी सहनी,जयकरण सहनी,रामदेव सहनी,गिरजा सहनी,सरीफ मिया,बैधनाथ चौहान,महेन्द्र सहनी लगायतका रहेका छन । नव प्रवेशीहरुलाई महामन्त्री विमल प्रसाद श्रीवास्तव राजेशमान सिंह,शिव पटेल,सांसद रमेश कुर्मी अध्यक्ष मण्डलका संयोजक पुरुषोतम लाल झा लगायतका नेताहरुले टिका तथा फुलमाला लगाएर पार्टीमा भित्रयाउनुभयो ।