किसानलाई कृषि उपकरण हस्तान्तरण

11

नवलपरासी  । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको अमरौटमा मत्स्यपालन किसानलाई कृषि यन्त्र उपलब्ध गराएको छ ।

किसानलाई मत्स्यपालन गर्न पोखरी निर्माणका लागि एक्साभेटर तथा माछा बिक्री गर्नका लागि पिकअप भ्यान हस्तान्तरण गरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताउनुभयो ।

सरकारले ८५ प्रतिशत अनुदान तथा किसानले १५ प्रतिशत बेहोर्ने गरी एक्साभेटर र पिकअप भ्यान खरिद गरी समुदायलाई हस्तान्तरण गरिएको हो । यस वर्ष अमरौटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरिएको छ । माछाको ब्लकका लागि यस वर्ष ४० हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरिने मत्स्य विकास अधिकृत रिमबहादुर थापाले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा माछा र धानको पकेट क्षेत्रका लागि रु छ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ । रासस