मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारी एमालेमा प्रवेश

38

वीरगंज २९ जेठ ।  नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक विधिवत बसरूद्दिन अन्सारी एमालेमा प्रवेश गर्नु भएको छ ।
एमालेले आज वीरगंजको होटल भिस्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।
नेकपा एमाले पर्साका संयोजक प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरी, पर्सा क्षेत्र नं. ३ का सांसद राजकुमार गुप्ता, क्षेत्र नं. ५ का सांसद् जयप्रकाश थारु, त्यसैगरी नेताहरु पुरुषोत्तम पौडेल, जुनैद अंसारी, रामचन्द्र साह, डा. विश्वम्भर शर्मा, चिरञ्जीवी आचार्य, अच्युत मैनाली, नवराज शर्मा, मनोज चौधरी लगायतले आ–आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो ।
पार्टी श्रोतका अनुसार मेडिकल कलेजका एमडी अन्सारी एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा लड्ने सर्तमा पार्टी प्रवेश गरेको जनाइएको छ । अन्सारी माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका गर्नु भएको छ ।