मोदी र ट्रम्पवीच यसै महिना भेटवार्ता हुने

13

नयाँदिल्ली, २९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना समसामयिक विषयमा भेट्वार्ता हुने भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लाग्नु भएको भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटबार्ता गर्न लाग्नु भएको जनाइएको छ ।

प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी बासिङटनमा जानुहुनेछ । भ्रमणका क्रममा हुने आपसी चासोका विषयमा उहाँहरुवीच हुने छलफलले दुई पक्षीय हितका लागि मार्ग निर्देश गर्ने विज्ञप्तिमा जनाइएकोे छ ।

राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिएको बेला गत जनवरीमा मोदीलाई भ्रमणका लागि वासिङ्टनको भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।

फोन कुराकानीका क्रममा ट्रम्पले अमेरिका र भारत विश्वका चुनौतीहरु सामना गर्ने र समाधान गर्ने सहयात्री देशहरु भएको बताउनु भएको थियो ।

तर यही महिना ट्रम्पले पेरिस जलवायु सम्झौता अमेरिकालाई अमान्य हुने घोषणा गर्नुभएको थियो । रासस-एएफपी