वीरगंज, २९ जेष्ठ । राष्ट्रीय जनता पार्टी नेपालले आज बिरगंजको हरपतगन्जमा आन्दोलन परिचालन कमिटी गठन गरेको छ । असेश्वर महतोको सभापतित्वमा सम्पन्न भेलाले मोजादिन अन्सारीको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको जनाइएको छ । नव गठित समितीको सह(संयोजकहरुमा दिनेस महतो,बिरेस यादव,जय कारण यादव,सचिवमा अब्दुलाह मिया,सह–सचिवमा सरोज अन्सारी, कोषाध्यक्षमा रामप्रसाद गुप्ता, सदस्यहरुमा मुना मिया हजाम, जवाहिर मिया अन्सारी लगायत रहेका छन् । सो अवसरमा नगर अध्यक्ष ओमप्रकाश सरार्फ, रन्जन महतो, पन्नालाल पटेल लगायतको उपस्थिति रहेको थियो ।