बीरगंज, २९ जेष्ठ । बीरगंज १६ रजत जयन्ती चौकमाबाट प्रहरीले लागू औषध सहित एक जना महिलालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालयबाट खटि गएको संयुक्त प्रहरी टोलीले भारत रक्सौलबाट बीरगंज र्फ शंकास्पद रुपमा पैदल हिडी आईरहेको अवस्थामा काभ्रेपलान्चोक गा.वि.स. मेथिनकोट वडा नं. ७ हाल नमोबुद्ध नगरपालिका वडा नं. ३ बस्ने २० वर्षिया आशा बि.क.लाई प्रहरीले पक्राउ गरेको हो । उनको शरिरबाट प्रहरीले चेकजा“च गर्दा पेटको भागमा टेपले टा“सी लुगाले छोपी लुकाई छिपाई ल्याएको अवस्थामा ला.औ. ईन्जेक्शन २ एम.एल. को डाईजिल्याब १२० पीस, नुर्फिन १२० पीस र फेनारगन १२० पीस गरि जम्मा ३६० पिस फेला पारी निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।