आन्दोलन तताउन राजेन्द्र महतो बीरगंज आउदै

92

बीरगंज, ३० जेष्ठ ।  आन्दोलनको घोषणा गरेका राष्ट्रीय जनता पार्टीका नेता राजेन्द्र महतो आन्दोलनलाई अझ आक्रामक बनाउन बीरगंज भोली आउदै छन् ।
बुधवार सिमरा हुदै बीरगंजमा आउन लागेका महतो आन्दोलनकारी नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजपाका सह महासचिव नेजामुद्दीन सेमानीले जानकारी दिएका छन् । बीरगंज पछि बारा जिल्लाको कलैयामा आन्दोलनको नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
महतोको बीरगंज आगमन र सम्भावित परिस्थितिलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कड़ा पारेको छ । पर्सा जिल्लाका प्रहरी प्रमुखले कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा उच्च सतर्कता अपनाईने बताए ।

https://ankushdaily.com/