वीरगन्ज,३० जेष्ठ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले आह्वान गरेको तराई मधेस बन्दको कारण पर्साको जनजिवन प्रभावित भएको छ । राजपा नेपालले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन आज विहानै देखी बन्दलाई सफल बनाउने पार्टीका नेता कार्यकर्ता वीरगन्जको विभिन्न चोकमा टायर वाली प्रदर्शन गरेपछि जन जिवन प्रभावित भएको हो ।
संविधान सशोधन पछि मात्र स्थानिय तह निर्वाचन गर्न माग राख्दै राजपा नेपालले आह्वान गरेको बन्दलाई सफल बनाउन पार्टी पर्साका नेता कार्यकर्ताहरु विहानै देखी वीरगन्जको घण्टाघर, मुर्ली,श्रीपुर, गण्डक, छपकैया, नगवा, इनर्वा, रानीघाट लगायतका स्थानमा टायर वाली निजी तथा सर्वजनिक सवारीका साधन संचालनमा रोक लगाउनुको साथै , उद्योग, बजार समेत बन्द गराउदै हिडेका थिए ।
राजपा नेपालले आह्वान गरेको बन्दका कारण वीरगन्जबाट देशको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आउन सकेको छैन । यातायातका साधन संचालनमा आउन नसेकेपछि सयौको संख्यामा यात्रीहरु वीरगन्जको नया“ बसपार्कमा अल्पत्र परेका छन् । बन्दको असर पर्सामा रहेका शैक्षिक संस्थाहरुमा समेत परेको छ । विहानै देखी टायर वाली आन्दोलनकारी प्रदर्शनमा उत्रीएपछि वीरगन्जमा रहेका विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्था बन्द भएका छन् ।
बन्द आह्वान कर्ताले प्रेस, एम्बुलेनश, कुटनितिक नियोग, बारुणयन्त्र,जन्ती बोकेको वाहन, दुधको वाहन, साईकल, मोटरसाइकललाई संचालनका कुनै रोक लगाएका छैनन् । त्यसतै होटल, औषधी पसललाई समेत संचालनमा बन्दकर्ताले कुनै रोक लगाएका छैनन् । बन्दका क्रममा हुने सम्भावित धन जनको क्षतीलाई रोक्न स्थानिय प्रशासनले वीरगन्जमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।