बैठकमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाइएको छ ।” उहाँले सो अवसरमा सुुरक्षा निकायको तर्फबाट निर्वाचनमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउनका लागि आ–आफ्नो निकायबाट तयार पारिएको सुरक्षा व्यवस्था, खटाइएको जनशक्ति तथा चालिने सुरक्षा रणनीतिबारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।
आयोगका सचिव गोपीनाथ मैनाली, रक्षा सचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका वलाधिकृत रथी बलदेवराज महतको सहभागिता रहेको थियो । रासस