वीरगंज ३० जेठ । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बसरुदिन अंसारीले आज चुनावी छलफल तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नं. ७ का स्थानियबासीहरुसंग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुदै अंसारीले आफु मेयरमा विजयी भए नगरको मुहार नै फेर्ने दाबी गर्नु भयो ।
उहा“ले आफुलाई नगरबासीले विश्वास गरेर जिताएमा महानगरको चौतर्फी विकास गर्ने दाबी गर्नु भयो ।
अमिर मिया“को सभापतित्व भएको कार्यक्रममा महिला सचेतना केन्द्र वीरगंजका अध्यक्ष आमना खातुन, नेकपा एमालेका महिला नेतृ बिना देवी शर्मा, पप्पु सिंह, दिलिप साह लगायतको सहभागीता रहेको थियो ।
सोही कार्यक्रममा बसरुद्दिन अन्सारी लाई वडा नागरीक मञ्च र महिला सचेतना केन्द्र द्वारा भव्य स्वागत एवम् सम्मान गरेका छन् ।
विरगंज वडा नं. ७ स्थीत रहेका वडा नागरीक मञ्च र महिला सचेतना केन्द्रका पदाधिकारीहरुद्वारा सम्मान तथा परिच्यात्मक कार्यक्रम को आयोजना गरी अन्सारी लाई दोसल्लाह ओढाई एमाले निकट का कार्यकर्ता र नेताहरु ले भव्य स्वागत तथा सम्मान गरेका थिए ।