दुई नम्बर प्रदेशको निर्वाचन सर्‍यो

34

काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो l

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।  निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ । त्यस्तै बैठकमा असार १४ गतेको लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको समय केही दिन पर सार्ने निर्णय पनि भएको प्रवक्ता भूसालले जानकारी दिइन् ।अब असार १४ गते प्रदेश १, ५ र ७ मा निर्वाचन हुनेछ ।

https://ankushdaily.com/