साविकका बागबन्ना गाविसलाई खुल्ला दिशामुक्त बनाउन पहल

13

बीरगंज, ३१ जेष्ठ ।  पर्सागढी गाउ“ पालिका वार्ड नं. १ बागबन्ना बजारमा आज पर्सा जिल्ला को साविकका बागबन्ना गाविसलाई ३५ औं खुल्ला दिशाक्त तथा पुर्ण सरसफाइ युक्त बनाउने कार्यक्रमको शुभारम्भ गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्सा समाजिक विकास अधिकृत धर्मराज थापा ले साबुन पानी ले हातधोएर कार्यक्रम को उदघाटन गरिनु भएको छ ।
साथै खुल्ला दिशा मुक्त वडा को घोषणा पत्र वडा सचीव लक्ष्मी गिरी लाई प्रदान गर्नु भएको हो । गाउ“ स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बागबन्नाको आयोजनामा भएको कार्यक्रमको बक्ताहरुले खुसी ब्यक्त गरेका छन् । सरसफाइ ,सौचालय जडान तथा सरसफाइ को अन्य कामलाई निरंतरता दिनु पर्ने आवश्यक रहेको , र सरसफाइको अभियान मा सरोकारवाला सबै लाग्नु पर्ने , सौचालय जडान , नियमित प्रयोग , तथा अन्य सरसफाइको पाठ पूरा गरे शरीर को विभिन्न रोगबाट बच्न सकिने सुझाव कार्यक्रम को बक्ताहरुले ब्यक्त गरेको थियो ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेस्वरी तित्रौना का सशस्त्र प्रहरी निरीक्षक कृष्ण उप्रेती बागबन्ना गाविस निबर्तमान अध्यक्ष बृजमोहन चौधरी , समाजिक अगुवा कमल चौधरी , कृष्ण तिवारी , राजकुमार खवास, बाल कृष्ण श्रेष्ठ अरुणोदय युवा क्लबको अध्यक्ष तथा श्री नेपाल रास्ट्रिय प्राथमिक बिद्यालय कन्चनपुर बैरियाका प्र अ श्रीराम गिरी युएन हैविटासका सरोज प्रसाद, वडा नागरिक मंच शैक्षिक संस्था राजनैतिक दल ,समुदाय विकास कार्यक्रमका शोभा महतो स्वास्थ चौकी महिला स्वयं सेवीका, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियोे । ओडिएफ घोषणामा सहयोग गरिने विभिन्न संघ संस्थाका प्रतिनिधिलाई दोसल्ला तथा समान पत्र बाट समान गरिएको कार्यक्रम को उद्घोषक गिरीराज कडेलले गरेका थिए । कार्यक्रम वडा सचीव लक्ष्मी गिरी सभापतित्वमा सम्पन्न भएको अरुणोदय युवा क्लबको महासचिव र श्री देवनन्दन देवराज उच्च मा बि रामनगरीका शिक्षक सुरज पडितले बताएका छन ।