बाख्रा चराउन हिडेका दुई बालिकाको पानीमा डुवेर मृत्यु

10

महुवन ।
पर्साको पटेर्वासुगौली गाँउपालिकामा शुक्रबार पानीमा डुवेर दुई बालिकाको मृत्यु भएको छ । गाउपालिकाको वडा नम्बर ४ सोनवर्षाको कन्चनपुर गाँउमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न्न डुबेर दुवै बालिकाको मृत्यु भएको हो ।

बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवान की १० वर्षीया छोरी उषा कुमारी पासवान र स्थानिय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिका कुमारी पाशवानको पानीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कन्चनपुर गाँउ भन्दा एक किलो मिटर बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राती परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिका डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले मृतक वालिकाको शव परिक्षणका लागि वीरगन्जको नाराययणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताउनु भयो । घटनावारे थप अनुशन्धान भई रहेको प्रहरीले जनाएको छ । अंकुश दैनिकमा समाचार छ ।