भैरहवा, ४ आषाढ । राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले बिगतमा पनि शाहीकालमा राजाले नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर चुनाव गराएको र त्यसको कुनै अर्थ नरहेको जस्तै देउवा सरकारले गराएको चुनावको पनि कुनै अर्थ नरहने बताउनुभयो । महतोले अहिले देउवा सरकारको क्रियाकलापले शाहीकालको झझल्को दिरहेको आरोप लगाउनु भयो ।
आईतवार बिहानै भैरहवामा संचारकर्मीहरूस“ग कुरा गर्दै महतोले अहिले देउवा सरकारले मधेशीको मा“ग पूरा गरी चुनाव गराउनुको साटो मधेश भरी राजपा नेता कार्यकर्ता माथि दमन गरी रहेको आरोप लगाउनुभयो ।
देउवाले २०५२ सालमा माओवादीलाई लत्याए देशले ठूलो क्षती ब्यहोरेको र फेरी मधेशीलाई लत्याएर ठूलो गलती गरिरहेको र यसको ठूलो मुल्य देशले चुकाउनुपर्ने चेतावनी समेत महतोले दिनुभयो ।
महतोले शनिवार नवलपरासीमा शान्तिपूर्ण बिरोध सभा भईरको स्थानमा गोलि प्रहार गरेर सरकारले कायरताको सबै सीमा नाघेको आरोप लगाउनुभयो ।