वीरगन्ज ४ असार । राष्ट्रिय जनता पार्टीले आव्हान गरेको तराई मधेस बन्दका कारण वीरगंज, बारा, पर्सा रौतहट लगायत आसपासको जनजीवन प्रभावित भएको छ । जनसंख्याको आधारमा स्थानिय तहको संख्या निर्धारण गर्नु पर्ने लगायतको माग राख्दै आव्हान गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्दको वेला रिक्सा, टांगा, मोटरसाईकल जस्ता साना सवारी साधन भने सन्चालनमा छन् । राजपाका कार्यकर्ताले वीरगंजको घण्टाघर, बसपार्क, नगवा, गण्डक, छपकैया“ लगायतका क्षेत्रमा गृहमन्त्रीको पुत्ला दहन सहित टायर बालेर प्रदर्शन गरेका छन् ।
बन्दका कारण यातायात, बजार, शिक्षण सस्था, कलकारखाना खुल्न सकेको छैन । कक्षा ११ को परिक्षा सन्चालनमा भने आफुहरुले कुनै अवरोध नगरेको राजपाका महासचिव राजेशमान सिंहले जानकारी दिनुभयो । सरकारले २ नम्वर प्रदेशको मात्रै निर्वाचन सारेर अन्यको निर्वाचन गर्न खोज्नु मधेशीलाइ एक्ल्याउने षड्यन्त्र भएको भन्दै त्यसको विरोधमा २ नम्वर सहित अन्य प्रदेशमा समेत आइतबार बन्द गरिएको पार्टीका नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताउनुभयो । शान्तिपुर्ण सभा सम्मेलन गर्दा प्रहरीले नवलपरासिमा आप्mना कार्यकर्ता माथी गोलि चलाउनु निन्दनिय रहेको बताउनुभयो । वीरगंजको गण्डक चोक, पावरहाउ चोक, धोविनि गाउपालिकाको हरिहरपुर चोक, बहुदरामाई गाउपालिकाको पिप्रा, भौराटार, गर्दौल, पोखरीया, लंगडी, भिखमपुर, अलौ, विन्दवासिनि, बहुअरी लगायतका क्षेत्रमा प्रदर्शनकारिले टायर बालेर प्रदर्शन गरिरहेका छन् । यस्तै बाराको कलैया, जितपुर, परवानिपुर, नितनपुर, लगायतका स्थानमा पनि बन्दकर्ताले टायरबालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले कलैयाको भरतचोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएको राजपाको विद्यार्थी संगठनका बारा अध्यक्ष सन्तोष यादवले जानकारी दिनुभयो ।