नेपाली का“ंग्रेस नगर कार्यसमितिद्वारा ज्ञापन

44

वीरगंज, ५ असार ।  नेपाली का“ंग्रेस नगर कार्यसमिति वीरगंजले सोमबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन दिंदै वीरगंजमा निर्माणाधिन नालाहरुको गति सुस्त रहेको र निर्माणको क्रममा ठेकेदारले खनेको बाटोहरुको मरम्मत नगरेको हु“दा आम जनताले सास्ती बेहोरीरहेका कारण सो तर्फ ध्यान दिन माग गरेको छ ।
नेपाली क“ंग्रेस नगर कार्यसमिति वीरगंजका अध्यक्ष भोला प्रसाद कलवारको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सडक विभाग व्यापारिक मार्ग बिस्तार योजना (वीरगंज–पथलैया) लाई पनि सोही अवसरमा ज्ञापन दिंदै निर्माणाधिन रहेको वीरगंज पथलैया व्यापारिक मार्ग बिस्तार योजना अन्तर्गतका सडक तथा नाला निर्माण पनि अविलम्ब गर्न माग गरेको छ ।
जस अन्तर्गत परवानीपुर देखि गण्डक सम्मको सडक तथा नाला निर्माण, गण्डक देखि वाईपास हुदै मितेरी पुलसम्म सडक निर्माण, परवानीपुर देखि बहुअरी चोकसम्म ६ लेनको सडक र दुवै तर्फ नाला निर्माण गर्न माग गरिएको छ ।

https://ankushdaily.com/