कैदी भेटन जानेमाथि अभद्र व्यवहार गरेको भन्दै ज्ञापन

55

वीरगंज ६ असार ।  वीरगंज कारागार कार्यालयमा कैदीबन्दिहरुलाई भेटन जा“दा त्याहा प्रशासनले सर्वसाधारण माथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।
देशभक्त लोकतान्त्रिक पार्टीले अम्रावती लनगामलाई उनका आफन्त वीरगंज अठराहा सुगौली निवासी जलेश्वर साह सोनारले भेटन जा“दा कारगार प्रशासनले अभद्र व्यवहार गरेको आरोप लगाउदै स्थानिय प्रशासनमा ध्यानकर्षण गराउदै कारवाहिको माग गर्नु भएको छ । सर्राफले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडललाई ज्ञापनपत्र बुझाउदै कारागारको नियमानुसार भेटघा“ट गरिरहेको अवस्थामा कारागारका एक हवलदारले अचानक हात समातेर बाहिर निकालेको जनाउनु भएको छ । सो सम्बन्धमा कारागार प्रमुख चक्रपाणी गौतम र सुरक्षा प्रमुख पदम बहादुर थापासंग गुनासो राख्दा उलटै कारागार प्रमुख गौतमले धाक धम्की लगाउदै असभ्य भाषा प्रयोग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

https://ankushdaily.com/