बिजय चौहान
वीरगन्ज,७ असार । तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार विहानै देखी वीरगन्जको विभिन्न स्थानमा विभिन्न संगठनले निःशुल्क योग शिविर संचालन गरेका छन् ।
द लिभि· अफ आर्ट पर्सा, पतंजली योग पिठ पर्सा , नेपालका लागि वीगन्जमा रहेको भारतीय महाबाणिज्य दूतावास, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा लगायतका संघ संस्थाले वीरगन्जमा निःशुल्क योग सिविरको आयोजना गरेका हुन ।
वीरगन्जको भिष्वा होटलमा “गरौ योग रहौ निरोग, आयुर्वेदको प्रयोग बढाउ स्वास्थ्य जिवन पाउ” भन्ने मुख्य नाराका साथ महाबाणिज्य दूतावास र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साको संयुक्त रुपमा आयोजना गरेको योग सिविरमा उपस्थती रहेका हजारौ जनालाई योग गराइएको छ । योग सिविरको उद्घाटटन गर्दै पर्साका प्रमुख जिल्ला धिकारी केशवराज घिमिरेले राष्ट्र विकासका लागि स्वस्थ्य समाज आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । उहा“ले स्वस्थ्य शरिरमै स्वस्थ्य विचार वास गर्ने र स्वस्थ्य विचारबाट राष्ट्र तथा समाजको भलो हुने भएकाले आजको प्रदुषण युक्त दुनियामा योगको उपयोगिता बढदै गएको बताउनु भयो ।
कार्यक्रममा महाबाणिज्य दूत विसि प्रधानले नेपाल सरकारले विश्व योग दिवसलाई भब्य रुपमा बनाउन देखाएका प्रयास सराहनीय रहेको बताउनु भयो । उहा“ले अनुशासित र स्वस्थ्य जिवनका लागि योग अभ्यास अति नै उपयोगि रहेको धारणा व्यक्त गर्ने बाणिज्य दूत प्रधानले विश्व शान्तिका लागि योगले महत्वपुर्ण भुमिका निर्वाहगर्ने विश्वास व्यक्त गर्नुयोग ।
कार्यक्रममा सहभागि रहेका वक्ताहरुले स्वस्थ्य शरिरमै स्वस्थ्य विचारको उत्पती हुने र स्वस्थ्य विचारले नै समाजको विकास हुने भएकाले योगको अभ्यास संगै आयुर्वेदको प्रयोग गर्न सबैलाई सुझाव दिएका थिए ।
त्यसै वीरगन्जको आदर्शनगरमा चोकमा द लिभि· अफ आर्ट पर्सा र माईस्थान चौकमा पतंजली योग पिठ पर्साले आयोजना गरेको योग सिविरमा सहभागिहरुले योग अभ्यास गरेका छन् ।