काठमाडौ“, ७ असार । आगामी असार ३१ गतेदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिप छनोट चरणका लागि नेपाली यू२३ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा राजु काजी शाक्यले पाएका छन् ।
यसअघी एन्फाले प्रशिक्षक मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने भनेपनि समयअभावको कारणले उनले जिम्मेवारी नलिने निर्णय गरेका थिए। उनको अनुपस्थितिमा प्रशिक्षक शाक्यले टोलीको जिम्मेवारी लिने भएका हुन् ।
शाक्यकै प्रशिक्षक्त्वमा नेपालले सन् २०१६को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो। टोलीले गत शुक्रबार देखिनै प्रशिक्षण सुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा प्रकाश अर्याल रहेका छन् भने गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र तोकिएका छन् । शाक्य हाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि हुन् । टोलीले एएफसी सोलिडारिटी कपको उपाधि जित्दा उनि टोलीका सदस्य थिए ।
नेपालको समूहमा आयोजक युएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । (हाम्रो खेलकुद)