बिजय चौहान
वीरगन्ज,८ असार । छोरी भागेको बदनामीबाट जोगिन अभिभावकले अपहरण तथा बलात्कारको झुठा निवेदन पर्सामा दर्ता गराउने गरेको खुलासा भएको छ । नावालिक छोरी प्रेम प्रशङ्गमा परी युवकसंग भागेको बदनामीबाट जोगिन अभिभावले केटा तथा तिनका परिवारलाई फसाउने उदेश्यले झुठा निवेदन दिने गरेका छन् ।
नावालिका छोरीको अपहरण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा दैनिक ७ देखी ८ वटा निवेदन दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो । उहा“ले जिप्रकामा आउने अभिभावकले छोरीको प्रेम प्रशङ्ग वारे कुनै जानकारी प्रहरीलाई नदिने र छोरी भगाउने युवक र तिनका परिवारजनको नाममा अपहरण गरेको भन्दै किटानी जाहेरी दिने प्रवृति बढ्दै गएको बताउनु भयो ।
पर्सा जिल्लामा हाल १३ देखी १६ वर्ष उम्मेरका युवतीहरु भाग्ने क्रमम बढ्दो रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा ८१ वटा निवेदन दर्ता भएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को साउन देखी जेष्ठसम्मको ११ महिनामा १३ वर्ष देखी १६ वर्ष उम्मेर समुहका युवती हराएको भन्दै ७१ वटा र १८ देखी २० वर्ष उम्मेर समुहकी महिला हराएको १० वटा निवेदन दर्ता भएको महिला सेलमा कार्यरत प्रहरी हवल्दार राजकुमारी थापाले जानकारी दिनुभयो ।
युवती हराएको भन्दै चालु आर्थिक वर्षभित्र दर्ता भएका ८१ वटै निवेदनमा उल्लेख भएकी नावालिका तथा महिलालाई प्रहरीले फेला पारेको जानकारी दिदै प्रहरी हवल्दार थापाले नावालिका तथा महिलाहरुको घर छाडी भाग्नुको मुख्य कारण नै प्रेम प्रसङ्ग रहेको अनुशन्धानबाट देखिएको बताउनु भयो । प्रेम प्रशङ्गमा परि घर छाडी भाग्ने नाविलिकालाई प्रहरीले फेला पारेपछि अभिभावकको दवावमा युवकले अपहरण तथा बलात्कार गरेको भन्दै झुठा ब्यान दिने गरेको प्रहरी नायब उपरिक्ष जोशीको भनाइ रहेको छ । आपसी सहमतीमा घर छाडी भाग्ने र प्रहरीले फेला पारेपछि अभिभावकको दवावमा नावालिकाले युवकमाथि अपहरण तथा बलात्कारको आरोप लगाउने प्रवृतिले गर्दा प्रहरीलाई काम गर्न समस्या सिर्जना गरेको प्रवक्ता जोशीले बताउनु भयो । उहा“ले युवती हराएको र फलानाले अपहरण गरेको भन्दै निवेदन कार्यालयमा आएपछि अनुशन्धान गरी मात्र दर्ता गर्ने गरेको जानकारी दिनुभयो ।
प्रेम प्रशङ्गमा घरबाट भागेका युवतीको अभिभावकले दर्ता गराएको झुठा अपहरण मुद्दालाई फिर्ता दिने शर्तमा रकमको लेनदेन समेत हुने गरेको जिल्ला अधिकार मञ्च पर्साकी अध्यक्ष अधिकारकर्मी राजकुमारी उपाध्यायले जानकारी दिनुभयो । महिलाको हकमा रहेको कानुनको फाइदा उठाउदै दर्ता रहेको मुद्दालाई फिर्ता दिन पंचायतीको नाममा ठुलो रकमको चलखेल हुने गरेको अधिकारकर्मी उपाध्यायले बताउनु भयो ।
उहा“ले महिला हिन्सालाई कम गर्ने उदेश्य राखि सरकारले बनाएको कठोर कानुनलाई महिलाहरु र तिनका अभिभावले नै दुरुपयोग गरीरहेको बताउनु भयो ।
सहमतीमै गासिएका सम्बन्धलाई अपराधको रुपमा चित्रण गर्ने र आप्mनो स्वार्थपूर्ती गर्ने प्रवृती पर्सामा बढ्दै गएको अधिकारकर्मी उपाध्यायको भनाई रहेको छ । महिलाका हितमा नेपाल सरकारले बनाएको जवरजस्ति करणी, आशय करणी, अपहरण तथा शरीर बन्धक जस्ता कठोर कानुनको दुरुपयोगलाई चा“डै नरोकिए वास्तविक पिडितहरु भविष्मा न्यायबाट बन्चित हुने अवस्था सिर्जना हुनसक्ने अधिकारकर्मी उपाध्यायले चेतावनी दिनु भयो । उहा“ले महिलाका हितमा बनाइएका कानुन भईरहेको दुरुपयोगलाई रोक्न सम्बन्धित निकाय सचेत हुनु पर्ने सुझाव दिनुभयो ।