मनोज साह
जितपुर बारा, ८ असार । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित ईस्लियाम मादर्शमा काम गरिरहेको एक मजदुर युवाको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख जय कृष्ण कुर्मीले बताएका छन् । पर्सा जिल्ला बिरुवागुटी बस्ने ३५ बर्षीय जगरनाथ रामको करेन्टले मृत्यु भएको हो ।
उनको बिहान ११ बजे तिर धारामा पानी पिउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि नारायाणी उप क्षेत्रिय अस्पताल बिरगंज पठाइएको ईप्रका जितपुरले जनाएको छ ।