राजपाको आन्दोलन परिचालन कमिटी गठन

35

वीरगंज, ८ असार ।  राष्ट्रिय जनता पार्टी नेपालले बिरगंज महानगरपालिका वडा न.१२ मा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको जनाएको छ ।
अजय गुप्ताको संयोजक रहनु भएको कमिटीको सह–संयोजकहरुमा भोला सरार्फ, बस्रुदिन अन्सारी,असरअलि मन्सुरी,सचिवहरुमा प्रमोद कुमार,दिपेन्द्र गुप्ता,सह–सचीवमा श्याम कुशवाहा, कोषाध्यक्षमा अमीत कुशवाहा, सदस्यहरुमा जयलाल साह, बिनय महतो, राजन महतो, भुपेन्द्र साह लगायत रहेका छन ।
मधेस मुद्दा सम्बोधनको लागी केन्द्रिय नीति अनुसार बिरगंज महानगरमा अब आन्दोलन परिचालन कमिटी गठन कार्य करिब अन्तिम चरणमा रहेको र बाकी रहेका केहि वडाहरुमा पनि छिटै गठन गरिने राजपा नगर अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।
नगर उपाध्यक्ष सुरेश साह कानुको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी जिल्ला सदस्यहरु रमेस साह कानु,योगेन्द्र साह कानु लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/