तस्करीकोे लाईन निर्वाध रुपमा चलाउन असईको स्थानमा हवल्दारलाई कमाण्ड

9

बिजय चौहान
वीरगन्ज, असार ।  संगठन प्रमुखको विषयलाई लिई नेपाल प्रहरीका उच्च अधिकारी अदालत पसेपछि संगठन भित्र दण्डहिनता बढनुको साथै भ्रष्टाचार मौलाउदै गएको छ । आधिकारीहरु बीचको अस्वस्थ्य प्रतिस्पर्धाले प्रहरी संगठनमा दण्डहिनता र भ्रष्टाचार बढेसंगै आमजनता असुरक्षित हुदै गएका छन् ।
प्रहरी संगठन भित्रका उच्च अधिकारीहरु बीच बन्दै गएको गुटबन्दीका कारण संगठनमा अनुशासन हिनता उत्कर्षमा पुगेको छ ।
संगठन भित्र बढ्दो अनुसन्धान हिनता, दण्डहिनता र भ्रष्टाचारबाट एक तर्फ सर्वसाधारण असुरक्षित बन्दै गएका छन भने अर्को तर्फ प्रहरी संगठनका उच्च अधिकारीले प्रदान गरेको तस्करीको लाईनका कारण राजश्व संकलनमा समेत ठुलो क्षती पुगी रहेको छ ।
मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडा (मकवानपुर) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश केसी र अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सुर्य उपाध्याय लगायतले पर्साको विभिन्न नाकाबाट कपडा, खाद्यान्न, मोटरपार्टस, भा“डा, सुर्तीजन्य पदार्थ, सौन्दर्यप्रशाधन लगायतको ठुलो तस्करीको लाईन दिएका छन भने उनको जानकारी विना नैं ग्रामिण भेगमा रहेका प्रहरी चौकीको इन्चार्जहरुले समेत सानो तस्करलाई लाईन दिई रकम असुलीमा लागेका छन् । पर्साको बहुअर्वा भाठा हुदै जितपुरका लागि डिआईजी र एसएसपीले ठुला तस्करलाई लाईन दिएपछि सोबाट हौंसिएका बहअर्वाभाठा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शम्भु यादबले सानो तस्करलाई छुट्टैलाईन प्रदान गरी रकम असुलीमा व्यस्त भएका छन् ।
चौकिमा कार्यरत रहेका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार असई यादवले डिआईजी र एसएसपीले दिएको लाईनबाट आफुहरुले केही नभएकाले दुई पैसा कमाउन सानो तस्करलाई लाईन दिदा केही नविग्रीने बनाउने गरेका छन् । “ डिआईजी र एसएसपीले तस्करी गराउन हुने र आफुहरुलाई किन नहुने , हाम्रोपनि त खर्च छ , घर व्यवहार धान्नै पर्ने हुन्छनी ” असई यादवले भन्ने गरेको चौकीमै कार्यरत सुरक्षाकर्मीहरुले बताउने गरेका छन् ।
असई यादवले विनोद नाम गरेका तस्करलाई मासिक एक लाख ५० हजार रुपैया नजराना बुझी कपडा र मोटरपार्टसको लाईन दिएको स्रोतको दावी रहेको छ ।
(२०६७ सालमा तत्कालिन प्रहरी नायब महानिरीक्षक नवराज ढकालले यादवलाई रंगेहात घुस लिएको फेलापारी कार्यवाही गरेका थिए । असई यादव ट्राफिक प्रहरी हवल्दारको हैसियतले सिमरामा कार्यरत रह“दा हेल्मेट नलगाएको मोटरसाईकल चालकबाट घुस रकम लिदै गरेको अवस्थामा डिआईजी ढकालले रंगेहात पक्राउ गरी ग्रेड कट्टा गर्नुको साथै दुई वर्षसम्म पदोन्नती रोक्का गरेका थिए । घुसखोर प्रवृतिका सुरक्षा अधिकारीको रुपमा संगठन भित्र पहिचान बनाएका असई यादव आखा“को समस्या देखाई ट्राफिक प्रहरीबाट नेपाल प्रहरी तर्फ सरेका थिए भने हाल मध्यक्षेत्र देखी अञ्चलसम्ममा रकमी चलखेल गर्ने अधिकारी भएको मौका छोपी रकम कमाउन बहुअर्वा भा“ठा प्रहरी चौकीको नेतृत्व सम्हाली रहेका छन् ।)
यस विषयमा असई यादवसंग बुझ्दा उहा“ले बहुअर्वाभाठा ह“ुदै हाल चलिरहेको तस्करीको लाइन आफ्नो स्वीकृतिमा संचालन नभएको प्रतिकृया दिनु भयो ।
संगठन भित्र रहेको भद्रगोल अवस्थाको फाइदा उठाउदै अञ्चल प्रहरी कार्यालय प्रमुख एस.एस.पी उपाध्यायले तस्करीको लाईनलाई सुरक्षित साथ संचालन गराउन असईको कमाण्ड रहने प्रहरी चौकीमा हवलदारलाई नेतृत्व दिएका छन् । जनकपुर निवासी प्रहरी हवल्दार शिलपा पाशवानको कमाण्डमा वीरगन्जको भकुवा प्रहरी चौकीको कमाण्ड दिएका हुन । अञ्चल प्रहरी कार्यालय नारायणीमा दरबन्दी रहेका हवल्दार पाशवानलाई डिआईजी र एसएसपीको निर्देशनमा प्रदान गरिएको ठुलो तस्करीको लाईनलाई सुरक्षा प्रदान गर्न मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । भकुवा नाकाबाट हुने तस्करीको लाईनमा हुन सकिने बाधा व्यवधानलाई न्युन गर्नु जिम्मेवारी साथ चौकीको इन्चार्ज हवल्दार पाशवानलाई दिइएको छ । असईलाई हटाई हवल्दारलाई चौकिको नेतृत्व लिएको विषयलाई लिई संगठन भित्र एसएसपी विरुद्ध जुनियर अधिकृतहरुमा आक्रोश रहेको स्रोतले बताएको छ । एसएसपी उपाध्यायको निर्देशनमा असईको स्थानमा हवल्दारलाई जिम्मेवारी दिने कार्यलाई चा“डै नरोकिए एसएसपी उपाध्याय विरुद्ध जुनियर अधिकृत उत्रीन सकिने सम्भावना रहेको प्रहरी श्रोतले बताएको छ ।