मोटरसाईकल चोरीको अभियोगमा दुई पक्राउ

41

वीरगन्ज,९ असार । पर्सा प्रहरीको टाउको दुखाई बनेको मोटरसाईकल चोरीका घटनामा संलग्न रहेको अभियागेमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोग सि.सि.टिभी क्यामराको मद्दतले दुई जना युवकलाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ निवासी संजय यादव र बारा कै नौतन बहुवरी १ निवासी अजहर साह मुसलमानलाई मोटरसाइकल चोरी गरेको अभियोजमा पक्राउ गरी सार्वजनिक गरेको हो ।
वीरगन्जको माइस्थान स्थित एस.के ट्रेडर्स अगाडी पार्किङ्ग गरी राखिएको ना २९ प ७७७३ नम्बरको मोटरसाइकल चोरी भएको अभियोगमा अजहरलाई र ना २७ प ९२२० नम्बरको मोटरसाईक चोरीको झुठो निवेदन दिने धनी संजयलाई सिसि टिभी क्यामराको मद्दतले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
असार ८ गते बेलुका माईस्थानमा पार्किङ्ग गरि राखिएको मोटरसाईकललाई तीन जनाको समुहमा रहेका युवाहरुले चोरी गरेको जिल्ला प्रहरी कार्यालयको सि.सि.टिभि क्यामराबाट फेलापारी युवकको पहिचान गरे पछि चोरी भएको मोटरसाइकलको अगाडीको नम्बर प्लेट खोलि रहेकै अवस्थामा अजहरलाई पक्राउ गर्न सफल भएको प्रवक्ता जोशीले बताउनु भयो ।
त्यसै आप्mनै नाममा दर्ता रहेको ना २७ प ९२२० नम्बरको मोटरसाइकललाई वीरगन्जको गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा राखी प्रहरीलाई मोटरसाईकल चोरी भएको निवेदन संजयले दिएपछि घटनाको छानविन गर्दा अस्पतालमा जडान गरिएको सि.सि टिभि क्यामरामा धनिले नै मोटरसाइकल पार्किङ्ग गरेको फेलापरेपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वीरगन्जको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको ११ महिनामा कुल ६८ वटा मोटरसाइकल चोरी भएको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका छन् । दर्ता भएका निवेदन मध्ये २२ मोटरसाईकललाई प्रहरीले फेलापारे पनि चोरीमा संलग्न रहेको अभियोगमा केसैलाई पक्राउ गर्न नसकिएको प्रवक्ता जोशीले बताउनु भयो । उहा“ले जिप्रकामा दर्ता भएको निवेदन मध्येका पा“च वटा मोटरसाईकल नगरको विभिन्न स्थानबाट लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेको छ भने १६ वटा मोटरसाईकल साटिएर संचालनमा रहेको अवस्थामा बरामद गरिएको जानकारी दिनुभयो ।
वीरगन्ज हेल्थ केयरबाट मोटरसाईकल चोरीका घटनामा धनी नै पक्राउ भएको र चोरी भएको भनिएका १६ वटा मोटरसाइक साटिएर संचालन भएको तथ्य अगाडी भएपछि विमा रकम ठगीका लागि मोटरसाईकल चोरी धनीले नै गराएको होकी भन्ने आशंका रहेको प्रवक्ता जोशीको भनाई रहेको छ ।
पक्राउ परेका दुवै अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुशन्धान भई रहेको प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/