काम गर्न नसकेका र तस्करसंग साठगाठ राख्ने चालिस प्रहरी चौकी इन्चार्ज परिवर्तन

46

वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लामा रहेका चालिस प्रहरी चौकीका इन्चार्जलाई परिवर्तन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जिम्मेवारी निर्वाह गर्न नसकेपछि शनिबार चालिस जना चौकी इन्चार्जलाई परिवर्तन गरिएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका प्रहरी चौकी इन्चार्जलाई तस्करी, अबैध काठ ढुवानी, लागुऔषध ढुवानीलाई रोकथाम गरी परिणाम देखाउन निर्देशन गरिएपनि चौकी इन्चार्जहरु निर्देशनलाई बे–वास्ता गर्दै बसेपछि परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहा“ले पर्सा सिमावर्ती जिल्ला भएको कारण नेपालबाट भारत तर्फ हुने लागुऔषधको कारोवार र भारतबाट नेपाल तर्फ हुने तस्करीलाई नियन्त्रण गर्न चौकी इन्चार्जलाई जिम्मेवारी दिइएपनि पटक–पटक भन्दै समेत प्रतिफल दिन नसकेपछि जिल्लाको सुरक्षा व्यवस्थालाई दृष्टीगत राखी इन्चार्जहरुलाई परिवर्तन गरिएको बताउनु भयो ।
जिल्लाको विभिन्न चौकी इन्चार्जहरुका बारेमा विभिन्न संचारमाध्यममा समेत तस्करसंग सा“ठगा“ठ गरेको सामाचारहरु प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गोविन्द कुमार साहको निर्देशनमा चौकी इन्चार्जहरुलाई परिवर्तन गरिएको प्रवक्ता जोशीले बताउनु भयो । जिल्ला बासीको जिउधनको सुरक्षा गर्नु प्रहरीको पहिलो जिम्मेवारी रहेको र त्यसमा जिल्ला प्रहरी कार्यालयले कुनै सम्झौता नगर्ने बताउदै प्रवक्ता जोशीले जिल्लाको सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ इन्चार्जहरुलाई परिवर्तन गरिएको जानकारी दिनुभयो ।
तस्करसंग सा“ठगा“ग गर्ने प्रहरी चौकी बहुअर्वाभ“ाठाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शम्भु यादवलाई अंकुशमा प्रकाशित सामाचारकै कारण जिल्ला झिकाइएको श्रोतले जनाएको छ । यादवकै कारण संगठनको बदनामी भएकाले उनलाई जिप्रकामा विहानै झिकाई आवश्यक सोध पुछ भएको एक अधिकृतले अंकुश दैनिकलाई बताएका छन् । 

अंकुश दैनिकमा समाचार छ ।

 

https://ankushdaily.com/