अधिकृत खत्रीमाथि खतरा

15

वीरगंज ।
मुल्य अभिवृद्धि कर कार्यालय पर्सामा व्यापक घुसखोरी हुन थालेको छ । आषाढ महिना त्यहा“ कार्यरत कर्मचारीहरुको लागि दशै“ सरह हुन्छ । कर फर्छौट गराउन आउने सेवाग्राहीसंग घुस नलिई कुनै काम नगर्ने कर्मचारीहरु मध्ये अधिकृत सुर्य खत्रीको नाउ“ अग्रपंक्तिमा आउ“छ ।

वर्षौदेखि कर नतिरेको एउटा फर्मलाई कर फर्छौट गर्ने बहानामा रु. एक लाख पैसठी हजार घुस असुल्न लगाएपछि सुर्य खत्री बदनाम भएका हुन ।
यो घुसकाण्डबारे मुल्य अभिवृद्धि कर कार्यालय वीरगंजका प्रमुख र विभागमा समेत घुस दिनेले पोल लगाएको छ । अचेल खत्रीको अनुहारको चमक हराएको कार्यालय सुत्रले जनाएको छ । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/