फिफा कन्फेडेरेसन कप : सेमिफाइनलमा पोर्चुगल र चिली आमने सामने

23

असार १४ | फिफा कन्फेडेरेसन कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमने सामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति अपराजित रहेका दुवै टोलीका प्रशिक्षकले आफ्नो टोली अब्बल रहेको दावा गरेका छन्।

कोपा अमेरिका विजेता चिलीले बुधबार अन्तरमहादेशीय कपमा पोर्चुगलको सामना गर्दा उत्कृष्ट लयमा रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई रोक्ने पहिलो उद्देश्य राख्नेछ ।

युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने  चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा आइपुगेको हो। दुवै टोलीले जारी प्रतियोगितामा हार व्येहोरेका छैनन्।

 

https://ankushdaily.com/