असार १४ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् । यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताएका छन् ।
यादवले यो पटकको निर्वाचनमा राजपाका छुटेपनि अर्को चरणमा राजपा नछुटोस् भन्ने आफूले चाहेको बताए। ‘आशा गरौं अर्को चरणमा उहाँहरू छुट्नु हुन्न’, यादवले भने।