वीरगंज, असार । जिल्ला समन्वय समिति पर्साले बहुक्षेत्रिय पोषण योजना अन्तर्गत बुधबार पत्रकारहरुलाई एक दिने जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कृषि विकास कार्यालयको सभाकक्षमा भएको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरुलाई जिल्ला समन्वय समितिले सञ्चालन गरेको सुनौलो हजार दिन सम्बन्धि कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । सो अभिमुखीकरण कार्यक्रममा देशमा र पर्सा जिल्लामा पौष्टिक आहार, कुपोषणको बारेमा तथ्याड्ढ प्रस्तुत गर्दै बालमृत्युदर र मातृ स्याहारको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय दैनिक पत्रिकाका साथै विभिन्न इलेक्ट्रोनिक मिडियाका पत्रकारहरुको सहभागिता रहेको थियो ।