चिरञ्जीवी यादव
पर्सा, असार । पर्साको अस्थायी प्रहरी चौकी शंकर सोरैयाको प्रा·णमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया समपन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा सामाजिक अगुवा, स्वास्थ कर्मी, महिला समूह, शिक्षक विद्यार्थी अभिभावक पत्रकार लगाएतको उपस्थिति रहेकोे थियो ।
जनताको जनगुनासो जिल्ला समन्वय समिति पर्साले गिटी बलुवा ढु·ामा गत जेष्ठ ३१ गते देखि रोक लगाएपछि सयौं विकास निर्माणको कार्य रोकिएको र स्थानीय विकास निर्माण गर्न लैजादा प्रहरीले रोक लगाएको, राष्ट्रिय बनजंगलको तस्करी रोक्नु पर्ने, महिला समबन्धीको गुनासो ग्रामीण क्षेत्रहरूमा महिला प्रहरीको आवश्यक रहेको गुनासो गरे ।
प्रहरी निरीक्षक महेस बस्नेतले जनताको गुनासो सम्बोधन गर्दै गिटी बलुवा, अबैध काठ तस्करी रोक्न माथिल्लो निकायको आदेशले रोकिएको ,गाउ“ समाजमा बोक्सी भनी हुने हिंसा महिला हिंसा बलात्कार, बाल विवाह, दाईजो प्रथा रोक्न सरोकारवाला सबैले लाग्नु पर्ने सुझाव दिदै, कुनै दोषी प्रहरी भेटिए कानुनी कारवाही गरिने, प्रहरी जनताको जनधनको सुरक्षाको लागि दिनरात गस्ती गरिएको बताए ।
अस्थायी प्रहरी चौकी शंकर सरैयाको प्रहरी सहायक निरीक्षक दल बहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।